Trending :
 

नेप्सेमा ३५ अंकको गिरावट

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
आइतबार नेप्से सूचक ३५ अंकले घटेको छ । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५.६७ अंकले घट्दै १९ सय २१.२४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ अंकले घटेर ३६७.५७ अंकमा झरेको छ । 
 
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बिमा समूहको उपसूचक आज २ प्रतिशत माथिले घटेका छन् भने बाँकी अरू समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् । 
 
यद्यपि, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था लि. र गरिमा डिभेन्चरको मूल्य समान १० प्रतिशत (नेगेटिभ सर्किट) घट्न पुगेको छ । 
 
३५ अंकमाथिले नेप्से सूचक घटेको यस दिन १ अर्ब १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।