Trending :
 

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने सीआईबीको निष्कर्ष

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ ।
 
सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
 
लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबीले जनाएको छ ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो ।