Trending :
 

इजरायलमा १० नेपालीको मृत्यु भएको पुष्टि : दुतावासको सम्पर्क आउन परराष्ट्रको आग्रह

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१ ,२०८० काठमाडौं ।
इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ ।
 
हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको, तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी हुन् ।
 
मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाी बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखेल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।
 
यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।
 
यसैबीच परराष्ट्र मन्त्रालयले, इजरायलमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । 
 
सूचना निकालेर परराष्ट्रले सोझै इजरायली स्थित नेपाली राजदुत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न भनेको छ ।