Trending :
 

आज विश्व हुलाक दिवस, तर आउदैन खाममा चिठी

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
आज विश्व हुलाक दिवस ।  विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
 
यो वर्ष Together For Trust (विश्वासका लागि एकसाथ) भन्ने नाराका साथ दिवस मनाइदैछ । हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको थियो । 
 
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।
 
सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । 
 
धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो ।