Trending :
 

इजरायल द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक जारी

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२ , २०८० काठमाडौँ ।
परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी रहेको छ । 
 
सोमबार सिंहदबार स्थित इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक बसेको हो । 
 
सरकारले आइतबार संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । 
 
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने भनिएको छ ।