Trending :
 

भन्सार छली गरी ल्याएको,तीन लाख बराबरको समान बरामद

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२ , २०८० काठमाडौँ ।
भन्सार छली गरी ल्याएको तीन लाख बराबरको समान प्रहरीले बरामद गरेको छ । 
 
धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको बिभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरु, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरको प्रहरीले जनाएको छ । 
 
प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् । 
 
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।