Trending :
 

हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्छ : महानिर्देशक अधिकारी

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२ , २०८० काठमाडौँ ।
हुलाक सेवा विभागका महानिर्देशक प्रदिप राज अधिकारीले सरकार हुलाकलाई प्रविधियुक्त बनाउने तयारीमा रहेको बताएका छन् । 
 
सोमबार विश्व हुलाक दिवसको अवसरमा उनले केही नियम र नियमावलीहरु जारी गरेर निजि क्षेत्रबाट हुने हुलाक सेवाको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्नुपर्ने बताए । 
 
उनले भने,‘कामको सन्दर्भलाई समेत जोडेर यसको संरचना विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । केही नियम र नियमावलीहरु जारि गरेर निजी क्षेत्रबाट हुने हुलाकको प्रवाहलाई न्यूनतम रुपमा नियमन गर्ने । र सरकारी हुलाक सेवालाई चुस्त ,व्यवसायिक र बढि सेवा मूलक पनि बनाउने गरि तयारी गरिरहेका छौं । ’
 
सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट भएको र  आफ्नो ठाउँ भन्दा पर अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्ने गरेको उनको भनाई छ । 
 
उनले सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्ने बताएका छन् ।