Trending :
 

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२ , २०८० काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्य आज एकै दिन एक हजार रुपैयाँले बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक हजार १ लाख ८ हजार एक सय रुपैयाँमा कायम भएको हो ।
 
अघिल्लो दिन छापावाला सुनप्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा  र कारोबार भएको थियो । 
 
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकोे छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।