Trending :
 

काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु : न्याय निरुपणमा थप सजिलो हुने प्रधानन्यायाधीश श्रेष्ठको विश्वास

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२ , २०८० काठमाडौँ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक ईजलासले महिलाहरुको लागि विश्वासिलो न्याय प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 
 
काठमाडौं जिल्ला अदालतमा आजबाट पारिवारिक ईजलास सेवाको शुभारम्भ गर्दै उनले नेपालको इतिहासमै पहिलो पटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला हुने बताए । 
 
उनले भने, ‘हाम्रो न्यायक पक्रियामा यो पहिलो पटक नै हो । यसले विशेष गरेर महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला गर्न सक्छ । यसले महिलाहरुको लागि केही न केही विश्वासिलो न्याय प्रदान गर्न सक्छ भन्ने आशा छ ।’ 
 
यस्तै, उनले यो एउटा प्रयास मात्रै भएको भन्दै यसबाट सकारात्मक नतिजा आए विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने अठोटका साथ लागेको बताए । 
 
उनले भने, ‘यो एउटा प्रयास मात्रै हो यसबाट सकारात्मक नतिजा आयो भने यसमा अरु पनि केही मुद्दाहरु थप्न सक्छौ । महिलाहरुले अंश पाउँन गारो भएको अवस्थामा यो पारिवारिक ईजलासले राम्रो काम गर्छ भन्ने लाग्छ । यसलाई विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने र यसलाई लागु गर्ने अठोट गरेका छौ ।’ 
 
अंश, नाता कायम, घरेलु हिंसा सम्बन्धी मुद्धाहरु र बालबालिकाको हित सम्बन्धी जोडिएका मुद्धाहरुलाई एउटा पारिवारिक ईजलासको नामबाट यसको शुभारम्भ गरेको भन्दै यसले पारिवारिक क्षेत्रमा बढि काम गर्ने उनको भनाई छ ।