Trending :
 

सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 
 
यो बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी कात्तिक १ गते बैंकिङ समयपछि भनिएको थियो।
 
मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याइएको थियो। तर, मागबमोजिम आवेदन परेपछि आज असोज २२ गते बैंकिङ समयपछि निष्कासन बन्द गर्न लागिएको धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ।