Trending :
 

इजरायलमा भएको १० जनाको मृत्युको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भोलि मंगलबार सार्वजनिक  बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
 
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको सरकारले गरेको छ । 
 
उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।