Trending :
 

लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिए ।
 
कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै थिए । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताएको  छ। 
 
सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।