Trending :
 

इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै माइतीघरमण्डलमा दीप प्रज्वलन

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै  दीप प्रज्वलन गरिएको छ ।
 
लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो ।
 
प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
 
मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए ।