Trending :
 

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक विदाः राष्ट्रिय झण्डा आधा झुकाइने

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ ।
 
हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।
 
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो । 
 
राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।