Trending :
 

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
 
बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ । 
 
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जानकारी  दिइएको छ।