Trending :
 

राष्ट्रियसभाको बैठक बस्दै

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । 
 
बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।  
 
बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 
 
संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ।