Trending :
 

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ । 
 
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो । 
 
भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो । 
 
इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण१० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत गएको छ ।