Trending :
 

राष्ट्रिय सभाको बैठक सर्यो

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३ ,२०८० काठमाडौँ ।  
संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक सरेको छ ।
 
मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी डाकिएको बैठक सरकारले इजरायल – हमास द्वन्द्वमा परी निधन भएका १० जना नेपालीको सम्मानमा गरेको राष्ट्रिय शोकको कारण बैठक सारिएको संघीय संसद सचिवालयले जनाएको छ । 
 
राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने संघीय संसदका महाससचिव डा. भरतराज गौतमले विज्ञप्तीमर्फत जानकारी गराएका छन् ।