Trending :
 

तत्कालका लागि इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३ ,२०८० काठमाडौँ ।  
परराष्ट्रमन्त्री एनपी साउदले, तत्कालका लागि इजरायल भ्रमणमा नजान सबैलाई आग्रह गरेका छन् । 
 
संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका आजको बैठकमा उनले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । 
 
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउँदै उनले संवेदनशील अवस्थामा त्यहाँका भ्रमण नगर्न सरकारको तर्फबाट आग्रह गरेका हुन् ।
 
उनले भने, ‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ ।’ 
 
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै यो अवस्थालाई राजनीतिककरण नगर्नसमेत आग्रह गरेका छन् ।  
उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं ।’