Trending :
 

विगत एक सातादेखि जारी नेपालगञ्जको कर्फ्यू र निषेधाज्ञा हट्यो

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।
 
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्।
 
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो।
 
गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो।