Trending :
 

मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न एमालेले नेतृत्व लिन्छः योगेश भट्टराई

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् ।

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेशको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन् । 
 
उनले मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकोले अब मधेश प्रदेशको मुख्यमन्त्री देखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए । उनले यही अवधारणा अबको अधिवेशनमा अगाडि सार्दै काम गर्ने योजना रहेको बताए । 
 
सचिव भट्टराईले एमालेले स्थानीय चुनावदेखि प्रतिनिधिसभाको चुनावसम्ममा बहुमत ल्याउने उद्देश्यले ६६,२०० जना आफ्नो पार्टी सदस्यहरुलाई यस अधिवेशनमा कुनै न कुनै हिसाबले सहभागिता गराएको जनाए । 
 
असोज २४ (भोली) र २५ गते (पर्सी) जनकपुरधाममा हुने नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए ।