Trending :
 

द्वन्द्वसम्बन्धी कानुन बनाउने समिति माओवादीको नेतृत्वमा भए बहिष्कार गर्ने सांसद शर्माको चेतावनी

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य सुनील शर्माले द्वन्द्वसम्बन्धी कानुन बनाउने समितिका प्रमुख माओवादीकै भए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । 
 
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टिआरसी माथिको छलफलमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
 
सदस्यहरुले उठाएका प्रश्नहरुको निराकरण नगरी समितिको बैठकमा टिआरसीको विषय अगाडि बढाउन नहुने शर्माले बताए ।
 
उनले भने, ‘द्वन्द्वकालमा माओवादी र सुरक्षा निकायबाट भएको उत्पीडनको निकास दिन खोज्दै छौं भने माओवादीकै साथी ऐन बनाउने विषयको प्रमुख बन्नुभयो भने एउटा गाउँमा माओवादीबाट मारिएको मान्छेले न्याय पाउँछ कि पाउँदैन ? त्यो कानुन न्यायसम्मत बन्छ कि बन्दैन भन्ने प्रश्न छ । यो प्रश्नको निराकरण नगरिकन समितिले टिआरसीलाई अगाडि बढाउन खोज्यो भने समिति वहिष्कार गर्छु । मेरो प्रश्नको कानुनी रुपमा निराकरण नगरिकन यो समितिको बैठक टिआरसीको सन्दर्भमा अगाडि बढाउन हुँदैन ।’