Trending :
 

इजरायलबाट पवित्रा गौतमको पत्र-प्रधानमन्त्री प्रचण्ड ज्यु तपाईंलाई युद्ध मन पर्छ तर हामीलाई मन पर्दैन

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
इजरायलबाट पवित्रा गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सन्देश जारी गर्दै युद्धरत देशमा रहेका नेपालीहरुको अवस्थाबारे तत्काल उद्धारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
 
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालम जनयुद्ध चलेको स्मरण गराउदै एक दशक बढि समयदेखी इजरायल बस्दै आउनुभएकी गौतमले त्यो बेलाको युद्धलाई सम्झेर भएपनि इजरायलमा रहेका नेपालीहरुको विषयमा गम्भिर बन्न आग्रह गर्नुभएको छ । उहा भन्नुहुन्छ-प्रधानमन्त्री प्रचण्ड ज्यू तपाईंलाई युद्ध मन पर्छ तर हामीलाई मन पर्दैन !
 
आफ्नो हिजोको अडान बदल्दै प्रधानमन्त्री प्रचण्डले आजको बिपत्तिमा परेकालाई साथ सपोट र हौसला दिन सक्ने विषयमा ख्याल गरिदिनुहुन्छ भन्ने आशा गरेको सन्देश मार्फत उल्लेख गर्नुभएको छ ।
 
उहाले हाल आफुहरु इजरायलीको साथमा रहेको र  नेपालीलाई साथ, गाँस, बास र कपास दिने यहुदी धर्मलअबिलम्बिहरुमा आपत परेको समेत जानकारी गराउनुभएको छ ।
 
नेपालमा केही वर्ष अगाडीको भूकम्प, कोरोना काल र विभिन्न समयमा आइपर्ने विपद्का बेला इजरायलमै बसेर नेपालका लागि विभिन्न आर्थिक तथा सामाजिक सहयोग गर्दै र जुटाउदै आउनुभएकी गौतमले हाल आफुहरु नै गाँस, बास र कपासको अभावमा परेको उल्लेख गर्नुभएको छ । 
 
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको छ भने कैयन नेपालीहरु बंकर तथा विभिन्न स्थानमा लुकेर बसिरहेको जनाइएको छ। 
 
यस्तो छ इजरायलबाट प्रधानमन्त्री प्रचडलाई सम्बोधन गरेर पठाइएको यो पत्र-
 
नेपाल र नेपालीका प्रमुख प्रधानमन्त्री प्रचण्ड ज्यु तपाईंलाई युद्ध मन पर्छ तर हामी नेपाली आम जनतालाई युद्ध मन पर्दैन र आज म लगायत केहि  नेपाली युद्ध भुमि इजरायलमा छौ ! हाम्रो कर्म घर इजरायल हो, हामीलाई इजरायलको पनि उतिकै सम्मान लाग्छ ! तपाईंको भनाइ  भनेकै नेपाली  जनताको भनाइ हुने भएकोले कुन राम्रो हो कुन सत्य हो भनेर बुझेर मात्र आफ्नो सन्देश पठाउनु हुन्छ भन्नेमा बिस्वस्त छु ! हाल हामी इजरायलमा इजरायलीको साथमा छौ ! हाल हामी नेपालीलाई साथ, गाँस, बास र कपास दिने यहुदी धर्म अबिलम्बिहरुमा आपत परेको छ । यो हाम्रो आफ्नै बिपत्ति हो भन्ने ठान्दै अब हिजो जे भयो आज प्रधानमन्त्री प्रचण्डले आफ्नो हिजोको अडान बदल्दै आजको बिपत्तिमा परेकालाई कसरी साथ सपोट र हौसला दिन सकिन्छ ख्याल गर्नु हुन्छ भन्ने आशा गरेकब छौ !