Trending :
 

आज सुनचांदीको कतिमा हुदैछ कारोबार?

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४ ,२०८० काठमाण्डौ ।
नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ। 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको छ। 
 
मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
 
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा  भएको थियो।