Trending :
 

एमाले मधेस प्रदेश अधिवेशन आज : अध्यक्ष ओलीले उद्घाटन गर्ने

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४ ,२०८० काठमाण्डौ ।
नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । 
 
अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ । 
 
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ  ।