Trending :
 

ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४ ,२०८० काठमाण्डौ ।
धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
 
धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।
 
कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
 
मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो ।
 
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार मृत्युको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।
 
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।