Trending :
 

सांगीतिक गतिविधि:

दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत (पुरै भिडियो सहित....

कार्तिक २८,२०७४

-

 

 

२८ कार्तिक,काठमाडौँ-

आफनो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संमरक्षण गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरु गर्दै आएको मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्र दोहा कतारले एउटा एतिहासिक काम गरेको छ ।

पछिलो समयमा नेपाली गीत संगीतको बजारमा थुप्रै मौलिक गीत संगीतहरु अईरहेको अबस्थामा चर्चित गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको छ ।

सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन  (एरेन्ज) रहेको छ । चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर,सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ ।

 जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर,सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्मार्ण गरिएको गीतलाई कतारको बिभिन्न ठाउँहरुमा छाँयाकन गरिएको छ । उक्त भविन्द्र तामांङको छायाँकन तथा प्रविन रेस्मी मगरको सम्पादन रहेको छ ।