Trending :
 

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४, २०८० काठमाण्डौ । 
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट दिने भएको छ ।
 
कम्पनीले ग्राहकलाई थप सेवा दिन लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।
 
काठमाण्डौंको नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग गरेको सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र  एक्सेन्जमा समेत छुट  प्राप्त गर्न सक्नेछन् । 
 
साथै, कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीषा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि स् शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।