Trending :
 

अख्तियार सदस्यलाई नै अख्तियारले मुद्दा चलाउनु पर्ने स्थिति दुर्भाग्यपूर्णः गगन थापा

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४, २०८० काठमाण्डौ । 
नेपाली कांग्रेसका सांसद गगन थापाले, अख्तियारका सदस्यलाई अख्तियारले मुद्दा लगाउनु पर्ने अवस्था दुभाग्र्यपूर्ण भएको बताएका छन् । 
 
बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले  भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए । 
 
उनले भने, ‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षप र भागबन्डा छ । पछिल्लो समय अदालतले समेत भाग खोजेको छ । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ ।’
 
उनले अख्तियार आयोगको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताए 
 
अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नियुक्तिमा दलगत हस्तक्षप र भागबन्डा रहेको बताएका हुन् । 
 
उनले भने,‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबद्लिकन यहाँ गर्ने कुरा मात्र हुन्छ ,परिणाम दिँदैन् । नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्नुपर्छ । ’
 
उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजानु पर्ने तर्क गरे ।