Trending :
 

अख्तियारको डर सोझासाझा र निमुखलाई मात्रः सभापति रवि लामिछाने

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४, २०८० काठमाण्डौ । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘अख्तियार लाग्ला कि भन्ने डर’ सोझासाझा र निमुखलाई मात्र भएको बताएका छन् ।
 
बुधबार प्रतिनिधि सभाअन्र्तगत राज्य व्यवस्था समितिको बैठकमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको पछिल्लो संख्या निरन्तर घटेर अख्तियाररको डर न भर भएको भन्दै अख्तियार लाग्ला कि भन्ने डर सोझासाझा र निमुखलाई मात्र भएको बताए । 
 
उनले भने ‘पाँच वर्षयता मुद्दा दर्ताको सङ्ख्या घटेको छ । न डर रह्यो न भर । डर सोझा साझा निमुखलाई मात्र भयो । राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि, प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर र भर गयो । अख्तिारको दाह्रा पनि रहेन, नंग्रा पनि भएन ।’
 
उनले अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै ठूला माछा खोई भन्ने प्रश्न गरे ।