Trending :
 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 
 
बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 
 
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।