Trending :
 

बझाङमा फेरी भूकम्पको धक्का

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 
 
५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 
असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।