Trending :
 

लगानी सुरक्षा राज्यको दायित्व हो : सभापति लामिछाने

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् । 
 
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले, आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको उनको भनाई छ । 
 
‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन् । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् । ’
 
उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ । 
 
उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।