Trending :
 

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन् । 
 
उनलाई ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।