Trending :
 

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने  १०० जना घाइते भएका छन् ।  
 
भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।
 
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । 
 
बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।