Trending :
 

नयाँ योजनालाई प्रोत्साहन गर्न महानगर सदैव तयार छ : मेयर मर्हजन

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले, नयाँ योजना तथा क्षमतालाई आफ्नो महानगरले सदैव स्वागत गर्ने बताएका छन् । 
 
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले बिहीबार ललितपुरमा आयोजना गरेको  ‘इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’को उद्घाटन समारोहमा उनले नयाँ योजना र क्षमतालाई महानगरपालिकाले सधैँ प्रोत्साहन गर्ने बताए । 
 
उनले भने ‘म चाहिँ ललितपुर महानगरपालिकाको मेयर हुदैँ गर्दा मलाई नयाँ नौलो काम मन पर्छ । नयाँ नौलो काम गरेकै कारणले होला आज देशभरीका मेयरहरु काठमाडौं आउनु हुन्छ र मलाई सोध्नु हुन्छ । यो कसरी यो गर्नु भयो हामीलाई पनि सिकाई दिनुस् भन्नु हुन्छ । अनि म चै दिल खोलेर सिकाई दिन्छु भन्छु र सिकाई पनि दिन्छु ।’
 
आफूले पनि महानगरमा नयाँ नयाँ योजना कार्यान्वयन गर्न चाहेको भन्दै सिर्जनात्मक कामको प्रोत्साहनका लागि आफू सधैं तयार रहेको बताए । 
 
‘तपाईहरुको यो राम्रो कुरालाई म पनि महानगरपालिकामा लागू गर्न चाहान्छु । र अरुलाई पनि देखाउन र भन्न चाहान्छु । ’ उनले भने । 
 
आजदेखि ललितपुरको लबिम मलमा सुरु भएको प्रदर्शनी प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० बिद्यार्थीका इन्टरियर सम्बन्धि सिर्जनाहरु प्रतिस्पर्धामा राखिएको आयोजकले जनाएको छ  ।
 
बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा सहभागी ३० बिद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० बिद्यार्थी कार्यक्रमको समापनसँगै दिक्ष्यन्ता समारोहमा सहभागी हुनेछन् । प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।