Trending :
 

अर्थतन्त्र डिप डिप्रेसनमा पुग्यो, सुुधारको पहल भएनः पाण्डे

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र ‘डिप डिप्रेसन’ मा पुगेको बताएका छन् । 
 
बिहीबार राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले डेढ वर्षअघि विदेशी मुद्रा सञ्चितीमा परेको असरका कारण चालिएका कदमले अर्थतन्त्रको अवस्था नाजुक भएको बताए । 
 
उनले भने, ‘डेढ वर्षअघि विदेशी मुद्रा सञ्चितीमा परेको असरका कारण चालिएका कदमका कारण आजको अर्थतन्त्र यो अवस्थामा पुगेको हो । विस्तारै सुधार गर्दै लैजाऔं भन्दा हाम्रो कुरा सुनिएन । अब उपचार गर्न ढिलो भयो । अर्थतन्त्र डिप डिप्रेसनमा गइसक्यो । सुधारका लागि चाहिने पहल भएको छैन ।’
 
बैंकहरुमा राम्रो लगानीयोग्य पुँजी हुँदाहुँदै पनि उद्योगीहरुले ऋण लिन नसकेको र यही अर्थतन्त्रको मूल समस्या भएको उनको भनाई छ । 
 
उनले लगानी नबढ्ने खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने पनि बताए ।