Trending :
 

स्वदेश फर्किन इजरायलको तेल अभिभ एयरपोर्टमा भेला भए नेपाली

स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्:

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।
 
हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाईन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् । नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एयरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् । 
 
इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ।
 
नेपाल एयरलाईन्सको जहाज केहीबेरमा त्यहाँ पुग्दैछ । 
 
विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण हुने र त्यहाँ दुई घण्टा बस्ने परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए ।
 
त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। 
 
हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।