Trending :
 

उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेङ्गु सङ्क्रमण

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
 
राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
 
राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।