Trending :
 

खेलाडीद्वारा चन्दा सङ्कलन गरेर कवर्डहल स्तरोन्नति

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुुल कवर्डहलको स्तरोन्नति गरेका छन् । 
 
ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुुन् । जिल्ला खेलकुुद विकास समिति, ब्याडमिन्टन सङ्घ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन सङ्घको संयोजनमा दुुई ब्याडमिन्टन कोर्ट ९मैदान० मा ‘लेलिन ब्राण्डको म्याट’ बिछ्याइएको हो । 
 
बेनी नगरपालिका ब्याडमिन्टन सङ्घका अध्यक्ष सज्जन शाक्यले रु नौ लाख खर्चेर म्याट बिछ्याएको बताउनुुभयो । “म्याट बिछ्याएर ब्याडमिन्टन कोर्टको स्तरोन्नति गरिएको हो”, उहाँले भन्नुभयो, “खेलाडीबाट चन्दा सङ्कलन गरेर म्याट खरिद गरेका हौँ ।” 
 
ब्याडमिन्टन खेलाडीले प्रतिव्यक्ति रु एक हजारदेखि पच्चिस हजारसम्म सहयोग गरेका छन् । रु पाँच हजारभन्दा बढी सहयोग गर्नेहरुको नामावली शिलालेखमा राखिने सङ्घले जनाएको छ । बेनीको कवर्डहलको ब्याटमिन्टन कोर्टमा यसअघि काठ बिछ्याएर पार्केटिङ गरिएको थियो । काठको पार्केटिङ भएको कोर्टमा खेल्दा चिप्लने, लडेर हात खुुट्टा भाँचिने र चोटपटक लागेर खेलाडी घाइते हुुने गरेका थिए । जिल्ला बाहिरको म्याट बिछ्याएको कोर्टमा हुुने प्रतिस्पर्धामा खेलाडीलाई खेल्न बानि नपर्दा समस्या भएको थियो । 
 
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले ब्याडमिन्टन खेलको सम्भावना देखिएकाले यसको विकासका लागि कवर्डहलको स्तरोन्नति गरिएको बताउनुुभयो ।