Trending :
 

गैर आवासीय नेपाली नागरिकता प्रयोगमा कानूनी अस्पष्टता छः सांसद पुन

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
नेकमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले, गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक भएको बताएका छन् । 
 
बिहीबार प्रतिनिधिसभाको बैठमा विशेष समयमा बोल्दै उनले गैर आवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए । 
 
उनले भने,‘गैर आवासिय नेपाली नागरिकता प्रदान गरेको छ सरकारले त्यसलाई कानूनी रुपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन् । त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चहान्छु । ’
 
अर्को प्रसंगमा उनले नेपालको अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताएका छन् । 
 
नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै अर्थतन्त्र चलाएमान गराउँन र निजी क्षेत्रको मनोबल बढाउँन सरकारले कडा कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।  
 
उनले भने,‘लगानी ल्याउँने वातावरण सहज होस भन्न चहान्छु  ।सरकारले हाम्रो आर्थिक अवस्था के हो अर्थ मन्त्रालयले समग्र सरकार र मन्त्रिपरिषद्ले यसबारे बोल्नु पर्छ । हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन्, समस्याहरु धेरै छन् । एउटा बोल्ड कदमको आवश्यकता छ । जसले अर्थतन्त्र चलाएमान गराउँन सकोस, निजी क्षेत्रको मनोबल बढाउँन सकोस ।’