Trending :
 

पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरीको सहायता कक्ष सञ्चालन

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
‘सुरक्षित कर्णाली विषेश अभियान २०८०’ मूल मन्त्रका साथ जिल्ला प्रहरी कार्यालय मुगुले सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
 
कार्यालयमा आउने विभिन्न खालका घटनाका पीडितले दिएको उजुरीमा छानबिन गरी सहयोग गर्न कक्ष सञ्चालनमा ल्याइएको हो ।
 
पीडकहरुलाई सघाउने बिचैलियाहरुबाट टाढा रही पीडितको आर्थिक शारीरिक, मानसिक अवस्थालाई ख्याल गर्दै एवं अपाङ्ग, असहाय, बालबालिका, महिलाहरुले सहज रुपमा न्याय पाउने अवस्था बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ । 
 
पीडा भोगेर प्रहरी कार्यालयमा आउँदा पीडक र पीडितहरु एकै स्थानमा बस्र्ने वातावरणले गर्दा बिचौलियाले पीडितलाई विभिन्न प्रलोभमा पारी थप पीडा दिने अवस्थाको अन्त्य गर्न यस्तो गर्न लागिएको हो ।
 
पीडितलाई सुरक्षित र सहज रुपमा प्रहरी कार्यालयमा आफ्ना समस्या प्रस्तुन गर्ने र सहयोग पुग्ने काम गर्न नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष नुपेन्द्रबहादुर मल्लले सुझाव दिए ।
 
बढीजसो महिला र बालबालिकाहरु विभिन्न घटनामा पीडित हुने गरेको भन्दै स्वास्थ्यकर्मी रामदेवी केसीले उनीहरुलाई विशेष ध्यान दिएर न्याय पाउने वातावरण बनाउन आग्रह गरिन् ।
 
सहायता कक्षमा आउँदा पीडितहरुले सहयोग पाउने विश्वास हुने खालको काम हुनुपर्नेमा उनले जोड दिइन् ।