Trending :
 

नयाँ जहाज किन्ने प्रक्रिया सुरु भईसक्योः नागरिक उड्डयन मन्त्री किराती

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नयाँ जहाज किन्ने प्रक्रिया सुरु भएको बताएका छन् । 
 
आज प्रतिनिधि सभाको बैठकपश्चात उनले, अहिलेको अनियन्त्रित भाडा नियन्त्रणका लागि पनि नयाँ जहाज किन्नुको विकल्प नभएको उनको तर्क छ । 
 
‘नियमभन्दाबाहिर जान कसैलाई पनि अधिकार छैन् । बजारमा बढेको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नलाई नेपाल वायु सेवा निगममा जहाज चाहिँन्छ। त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौ । त्यो भन्दा अन्यथा हुदैँन् । ’ उनले भने ‘बजारमा रहेको विकृतीमाथि हस्तक्षेप पुग्दैन् । निजी कम्पनीहरुलाई बढि नियन्त्रण गर्दा पनि निजी कम्पनीमैत्री हुन सक्दैनौँ । तर उनीहरु पनि कानूनभन्दा बाहिर जान पाउँदैनन् । 
 
अर्को प्रसंगमा उनले इजरायलको हिसांका कारण नेपाल फर्किन चाहानेका लागि सरकारले आवश्यक सहयोग र समन्वय गर्ने बताए । 
 
उनले भने ‘सरकारको निर्णय अनुसार पहिलो फ्लाईट गईसकेको छ । बेलुका साढे १२, १ बजेतिर आईपुग्छ । २५४ जना नेपालीहरु आउँदै छन, ४ हजारभन्दा बढि नेपालीहरु छन् उता छन् । जतिले निवेदन दिनु हुन्छ नेपाल आउँन चहानु हुन्छ, आउँने जतिलाई ल्याउन हाम्रो जहाज तत्पर छ ।’