Trending :
 

विश्वकप छनोटः लाओसविरुद्ध नेपालको बराबरी गोल, अञ्जन बने नेपालका सर्वाधिक गोलकर्ता

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।

लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् ।

यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।
 
विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।
 
लाओसविरुद्ध ४८ औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।
 
अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।