Trending :
 

एमसीसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द

आश्विन २६,२०८०

-आस्था न्युज

आसोज २६, २०८० काठमाडौं ।
मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । 
 
शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
 
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो । 
 
अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।