Trending :
 

विपद व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छः गृहमन्त्री श्रेष्ठ

आश्विन २६,२०८०

-आस्था न्युज

आसोज २६, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् ।
 
शुक्रबार काठमाडौंमा आयोजित पहिरो, भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा उनले विपद व्यवस्थापन विपद, प्रकोप घटाउने कुरामा मात्र सीमित नभइ देश विकासको प्रमख जगको रुपमा रहेको बताए । 
 
‘हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’ उनले भने ।
 
ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
 
उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैँ तत्पर रहेको बताए ।