Trending :
 

अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट दिइनेः प्रधानमन्त्री

आश्विन २६,२०८०

-आस्था न्युज

आसोज २६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट  दिने व्यवस्था मिलाइएको बताएका छन् । 
 
शुक्रबार राष्ट्रिय सभाको बेठकमा अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफलपछि उनले उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्ने बताए । 
 
‘अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट  दिने व्यवस्था मिलाइने छ । उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्नेछ । र स्वावलम्बि जिवन यापन गर्न सबै खालको सहयोग गर्नेछौं ।’ 
 
उनले क्षमता र रुचि अनुरुपको कामका लागि स्थानीय सरकार संगको सहकार्यमा नतिजा मुखि काम गर्न सरकार प्रयत्नशिल रहेको बताए । 
 
‘अपाङगता वा फरक क्षमता भएका श्रम सम्बन्धी वा रोजगार सम्बन्धी हकलाई सरकारले उच्च प्राथमीकतामा राखेको छ । अपाङगता वा फरक क्षमता भएका व्यक्तिहरु लक्षित विभिन्नरोजगार मुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ । ’
 
प्रधानमन्त्री रोजगार कार्यक्रम युवा स्वरोजगार कार्यक्रम गरिबी निवारण जस्ता कार्यक्रकम भित्र अपाङगता भएका लाभग्राहीहरुलाई उच्च प्राथमिकता दिने उनको भनाई छ । 
 
उनले अगामी दिनमा यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै लाने सरकारी नीति रहेको बताए ।