Trending :
 

आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण

आश्विन २६,२०८०

-आस्था न्युज

आसोज २६, २०८० काठमाडौं ।
नेकपा माओवादीका सांसद माधव सापकोटाले आजको आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य भएको बताए । 
 
उनले भने, ‘औद्योगिक क्षेत्रको अवस्था निकै खस्किएको छ, ५० प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । त्यसैले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । आजको आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदलौं ।’