Trending :
 

दशैको गितमा टिकटक बनाएर विजयी हुनेलाई ग्लोबल आइएमई बैंकले ६० हजार दिने

आश्विन २६,२०८०

-आस्था न्युज

असोज २६, २०८० काठमाडौं ।
ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
 
युवायुवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्धेष्यले सञ्चालित उक्त प्रतियोगितामा सहभागिता जनाउन दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा टिकटक बनाएर कम्पनीको टिकटक पेजमा प्रकाशित गर्नुपर्ने छ । 
 
प्रतियोगितामा विभिनन सर्त पुरा गरेका सहभागिमध्ये धेरै लाईक आउने तीन जना व्यक्तिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने छ ।
 
उक्त प्रतियोगितामा सहभागि हुन आगामी कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने कम्पनीले बताएको छ ।