Trending :
 

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु, प्रधानमन्त्रीले गरे शुभारम्भ

आश्विन २६,२०८०

-आस्था न्युज

असोज २६, २०८० काठमाडौं ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची- महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । शुक्रवार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमको नेतृत्वमा हुने उद्धार यात्राको शुभारम्भ गरेका हुन् ।
 
गमलामा पानी हालेर प्रधानमन्त्रीले अभियानको सुरुवात गरेका छन् । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण भन्ने उद्देश्यका साथ अभियान सुरु गरिएको आयोजक पक्षले जानकारी दिएको छ । ३८ दिनसम्म चल्ने यो अभियानबाट करिब ३ सय सडक आश्रित मानवलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । अभियानका लागि ३८ जना स्वयंसेवक परिचालन गरिएको जनाइएको छ ।